तीन स्थानमा पहिरो जाँदा राजधानी जोड्ने सडक अवरुद्ध

वीरगञ्ज, भदौ १४ गते । पोखरा र चितवनबाट राजधानी जाने राजमार्गका तीन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत दुई स्थानमा र नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत एक स्थानमा पहिरो आएपछि बाटो अवरुद्ध भएको हो ।

राजधानीबाट बाहिरीने र भित्रिने सवारी साधन बिहानदेखि सडकमै  रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । चितवनको इच्छाकामना गाउँपालिका – ५ तुइलखोलमा माथिबाट लेदोसहितको पहिरो आएपछि शनिबा बिहान ६ः४० बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यस्तैगरी, मुग्लिन मलेखु सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ४ घोप्टे भिरमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । दुवै स्थानको सडक खुलाउने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ ।

यस्तैगरी, पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका ३ पानीधारामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः