वीरगञ्ज बसपार्क क्षेत्रमा रहेको होटल कलशमा एक पुरुषको शव फेला

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं १७ का ६५ वर्षीय संतसाह तुरहाको शव फेला परेको छ। शव वीरगञ्ज बसपार्क क्षेत्रमा रहेको होटल कलशमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालका अनुसार तुरहा सुतेकै अवस्थामा मृत फेला परेका हुन्। “शवमा कुनै किसिमको चोटपटकको संकेत देखिएको छैन,” डिएसपी लम्सालले जानकारी दिए।

तुरहाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीयहरूमा चिन्ता र कौतुहलता पैदा गरेको छ। होटलमा कसरी मृत्यु भयो भन्ने विषयमा पोस्टमार्टम रिपोर्टपछि मात्र थप विवरण आउनेछ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः