मधेसमा पानी संकट : बैशाखयता पोखरी, इनार, कुवा, दह सुके, जनता भगवान् गुहार्दै

spot_img

वीरगञ्ज – मधेसका गाउँ–गाउँमा पिउने पानीको हाहाकार चुलिँदै गएको छ। बैशाखयता निरन्तर गर्मी र वर्षा अभावका कारण पोखरी, इनार, कुवा, दहजस्ता जलस्रोतहरू सुकेर ठप्प भएका छन्। नदी र सार्वजनिक धारा समेत सुक्दा स्थानीय बासिन्दा पानीका लागि हैरान छन्।

पानीको अभावले गाउँका बासिन्दा दैनिक जीवन प्रभावित छन्। पानी अभाव हटाउन विभिन्न गाउँमा दिनहुँ पूजा–आजा, महायज्ञ र धार्मिक अनुष्ठान गर्ने क्रम बढ्दो छ। तर वर्षा नभएकाले पानीको आपूर्ति अझै सहज हुन सकेको छैन।

स्थानीयवासीहरूका अनुसार, दैनिक खानपानदेखि पशुपालनसम्मका काम ठप्प हुने अवस्था आएको छ। पानी अभाव दीर्घकालीन बने मधेसमा स्वास्थ्य संकट समेत निम्त्याउन सक्ने चिन्ता बढेको छ।

सरकार र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी पहल गर्न स्थानीयवासीले माग गरेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः