अवैध काठसहित एक जना पक्राउ

spot_img

पर्सा,०४ साउन । पर्साको डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्।

रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले आलमलाई मोटरसाइकलमा चौंपेटा काठ लोड गरेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । उनी रत्नपुर क्षेत्रबाट काठ बोकेर ल्याउँदै गर्दा समातिएका हुन्।

पक्राउ परेका आलमलाई हाल डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिएका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः