बिरगंजको ऐतिहासिक घण्टाघर ५ महिनादेखि घुन्टोमा, पुनर्निर्माण कार्य ठप्प

spot_img

बिरगंज, ४ साउन –
बिरगंजको प्रमुख ऐतिहासिक र सांस्कृतिक पहिचान मानिने घण्टाघर विगत पाँच महिनादेखि घुन्टोमा ढाकिएको छ। पुनर्निर्माण कार्यका नाममा घुन्टोले छोपिएर राखिएको यो धरोहरमा अहिलेसम्म कुनै काम अगाडि बढ्न नसक्दा स्थानीयवासीहरू असन्तुष्ट भएका छन्।

शहरको केन्द्रबिन्दुमा रहेको घण्टाघरलाई आकर्षक बनाउने र संरचना मजबुत पार्ने उद्देश्यले पुनर्निर्माणको तयारी भएको थियो। तर, निर्माण कम्पनी र सम्बन्धित निकायबीचको ढिलासुस्तीका कारण काम सुरु नै हुन नसकेको स्थानीयहरूको गुनासो छ।

धरोहरको दीर्घकालीन संरक्षणको नाममा महिनौँसम्म घुन्टोमा राखिँदा यसको सौन्दर्य ओझेलमा परेको मात्र नभई पर्यटक र सर्वसाधारणको आकर्षण पनि कम भएको छ। स्थानीयले सम्बन्धित निकायलाई चाँडो काम सुरु गरेर घण्टाघरलाई पुनः पुरानै भव्य रूप दिन आग्रह गरेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः