रौतहटमा हिन्दू चेलीमाथि शारीरिक अत्याचार, अपराधीलाई कारबाहीको माग

spot_img

रौतहट, राजपुर नगरपालिका – हालै प्राप्त जानकारी अनुसार, राजपुर क्षेत्रका एक मुस्लिम समुदायका वृद्ध व्यक्तिले स्थानीय एक हिन्दू चेलीमाथि शारीरिक अत्याचार गरेको घटना सार्वजनिक भएको छ। पीडित परिवारले न्यायको खोजीमा आवाज उठाउँदै आएपनि, रौतहटका सम्बन्धित निकायहरूले मौनता अपनाएको आरोप लागेको छ।

स्थानीय बासिन्दाहरूले प्रशासनको निष्क्रियता र मौनता अपराधीलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाउँदै, दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिलाउन सम्बन्धित निकायसँग तत्काल माग गरेका छन्।

यस घटनाले स्थानीयमा त्रास र असन्तोषको वातावरण सिर्जना भएको छ। पीडित परिवारले न्यायका लागि विभिन्न संघ–संस्थासँग सहयोगको अपिल गर्दै अपराधीलाई शीघ्र कारबाही गर्न आग्रह गरेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः