दिल्ली–एनसीआरमा झमझम वर्षाले मौसम बन्यो सुहाना, गर्मीबाट राहत

spot_img

दिल्ली । भारतको राजधानी दिल्ली र वरपरको एनसीआर क्षेत्रमा आइतबार दिउँसोदेखि झमझम वर्षा सुरु भएको छ। भारी वर्षासँगै मौसम शितल र सुहाना बनेको छ भने लामो समयदेखि उमस र चर्को गर्मी झेलिरहेका स्थानीयवासीलाई निकै राहत मिलेको छ।

भारतको मौसम विभाग (IMD) का अनुसार दक्षिण–पश्चिमी मनसुन अब देशभर फैलिसकेको छ, जसको असरस्वरूप दिल्ली–एनसीआरमा व्यापक वर्षा भइरहेको हो। आइतबार दिउँसोदेखि सुरु भएको लगातार झरीले सडकहरूमा पानी जमेको छ भने केही स्थानमा ट्राफिक समस्या पनि देखिएको छ।

वर्षाका कारण तापक्रममा उल्लेखनीय गिरावट आएको छ र चिलचिलाउने घामको सट्टा चिसो हावा चल्न थालेको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म अझै यस्तै वर्षा जारी रहने सम्भावना छ।

स्थानीय बासिन्दाहरू वर्षाले गर्मीबाट राहत पाएको भन्दै खुसी देखिएका छन् भने बालबालिका र युवाहरू सडकमा पानीमा खेल्दै वर्षाको मजा लिइरहेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः