कैलालीमा २ वटा भरूवा बन्दुक बरामद

१४ असार, धनगढी । कैलालीमा प्रहरीले दुईवटा भरूवा बन्दुक बरामद गरेको छ ।

गौरीगंगा नगरपालिका–७ महुलियामा रहेको निराजन सामुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

उनका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले शुक्रबार राति साढे ११ बजेतिर बन्दुक बरामद गरेको हो ।

तीमध्ये एउटा बारूद लोड गरिएको अवस्थामा रहेको थियो भने अर्को नाल भाँचिएर दुई टुक्रा भएको अवस्थामा फेला परेको छ ।

बरामद बन्दुक आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मसुरियामा सुरक्षित राखिएको छ ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः