पर्सामा एक युवकको शव फेला, अनुसन्धान जारी

वीरगन्ज, असार ८
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–२, जमुनिया टोलस्थित बुधैया खोलानजिक एक युवकको शव फेला परेको छ।

स्थानीय मुन्ना हजरा दुसादको बाँझो खेतमा आइतबार साँझ एक युवक घोप्टो परेको अवस्थामा मृत फेला परेको हो। मृतक सोही वडाको प्रसौनी टोल निवासी अन्दाजी २५ वर्षीय मथुराम महरा रहेको पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्।

घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धानका साथै मुचुल्का तयार गरी शव पोष्टमार्टमको लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः