इरान-इजरायल युद्ध रोक्ने प्रयासमा ३ युरोपेली देश, ट्रम्पले सारे म्याद

इरान र इजरायलबीच युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्- आगामी दुई हप्ताभित्र अमेरिका यो युद्धमा प्रत्यक्ष सहभागी हुने या नहुनेबारे निर्णय लिनेछु ।

यसअघि ट्रम्पले यही साता यसबारे निर्णय लिने र त्यसपछि अमेरिका पनि युद्धमा प्रत्यक्ष सहभागी हुने आँकलन भएको थियो । यसबारे निर्णयको अन्तिम अधिकार ट्रम्पलाई दिइएको थियो ।

यसको प्रस्ट संकेत के हो भने आगामी २ सातासम्म प्रत्यक्ष रूपमा इरानविरुद्धको लडाईं इजरायल एक्लैले लड्नुपर्नेछ ।

ट्रम्प जसरी इरानविरुद्ध आक्रामक देखिएका छन् चीन र रुस उसै गरी इजरायलमाथि आक्रामक देखिएका छैनन् । तर, यी दुई देशले इरानमाथि इजरायलले गरेको आक्रमणको भने आलोचना गरेका छन् । उता उत्तर कोरियाले भने इजरायलको कडा शब्दमा आलोचना गरेको छ ।

यसक साथै नाटोका सदस्य राष्ट्रहरूले अमेरिका प्रत्यक्ष रूपमा युद्धमा सहभागी हुने विषयमा पूर्ण सहमति जनाइसकेका छैनन् । जसका कारण ट्रम्प आफ्नो निर्णयबाट केही पछि हटेको विश्लेषण भइरहेको छ ।

इजरायलका तीन देश यो युद्ध रोक्नका लागि सक्रिय भएका छन् । ती देश हुन्- बेलायत, फ्रन्स र जर्मनी । अनि युरोपियन युनियन पनि यो युद्ध रोक्न प्रयासरत छ ।

आज इरान-इजरायलको युद्ध अन्त्यका लागि इरानी विदेशमन्त्रीसँग यी देशका नेताहरूले स्विट्जरल्यान्डको जेनेभामा छलफल गर्दै छन् । यो महत्त्वपूर्ण छलफलमा इरानी विदेशमन्त्री अब्बार अराघची, बेलायतका विदेशसचिव डेभिड लामी, फ्रान्सेली विदेशमन्त्री जेन नोएल बारोट, जर्मनीका विदेशमन्त्री जोन वाडेफुल तथा युरोपियन युनियनका विदेश नीति प्रमुख काजा कलास सहभागी हुनेछन् ।

युरोपेली नेताहरूले अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने चिन्ताका बीच द्वन्द्व कम गर्न आह्वान गरिरहेका छन् ।

फ्रान्स, जर्मनी, बेलायत र युरोपेली संघ सबै २०१५ को इरान आणविक सम्झौताका हस्ताक्षरकर्ता थिए, जसमा तेहरानमाथिको विश्वव्यापी प्रतिबन्धहरू हटाइने र त्यसको बदलामा आफ्नो आणविक कार्यक्रमलाई नियन्त्रण गर्नुपर्ने थियो । ट्रम्पको पहिलो कार्यकालमा २०१८ अमेरिका एकतर्फी रूपमा उक्त सम्झौताबाट पछि हटेको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः