कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला

  • कैलालीको गौरीगंगा नगरपालिकामा १६ दिनकी सुत्केरी महिला घर नजिकैको नालामा मृत फेला परिन्।
  • जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, १९ वर्षीया तुलसी नाथ शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी हुन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र मृतक महिला १६ दिनकी सुत्केरी थिइन्, शिशुको स्वास्थ्य सामान्य छ।

धनगढी । कैलालीमा १६ दिनकी सुत्केरी महिला घर नजिकैको नालामा मृत अवस्थामा फेला परेकी छन् ।

शुक्रवार बिहान गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १९ वर्षीय तुलसी नाथ मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता नायव उपरीक्षक राजकुमार सिंहका घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उनका अनुसार मृतक महिला १६ दिनकी सुत्केरी थिइन्। नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः