➡️ नेपाली कांग्रेसका नेता धनराज गुरुङ सँग नजिकको भनिएका मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ठगी अभियुक्त ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन्।
➡️ कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका भण्डारीलाई इन्टरपोलको सहयोगमा बिहीवार नेपाल ल्याइएको छ।
➡️ उनलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ।
➡️ भण्डारीमाथि मितेरी बचत सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको गम्भीर आरोप छ।
➡️ उनी उक्त सहकारी प्रकरणका मुख्य अभियुक्तका रूपमा लामो समयदेखि फरार थिए।
➡️ पीडितहरूले लामो समयदेखि भण्डारीको गिरफ्तारी र न्यायको माग गर्दै आएका थिए।
👉 अब भण्डारीमाथि सहकारी ठगीसम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइने छ।




