भारत हुदै खाडी मुलुक जान लागेका चार महिलासहित ५ जना ठाेरी नाकाबाट पक्राउ

वीरगन्ज,४असार:भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिला र एक पुरुषलाई सशस्त्र प्रहरीले पर्साकाे ठोरीबाट नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट ठोरीबाट खटिएकाे सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडी मुलुक कुबेत र ओमान जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

‘पक्राउ परेकामध्ये इलामका दुई महिलाले ओमान जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलुक जान लागेको बताएका छन्’, सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने,’उनीहरुलाई भारत लैजान लागेको आशंकामा चितवनकाे माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ ।’

सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले पाँचै जनालाई आवश्यक कागजात तयार पारेर ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइने जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः