भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

  • उत्तराखण्डको केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
  • दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको थियो र हेलिकप्टर आर्यन कम्पनीको हो।
  • खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ र उद्धार कार्य जारी छ।

 भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण  नजिकै दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । सो हेलिकप्टर केदारनाथ धामबाट फाटा जाँदै थियो। दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ।

खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः