- इरानी आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु, इरानमा ७८ जना मारिँदा ३५० भन्दा बढी घाइते
इजरायलले लगातार दोस्रो दिन पनि इरानमाथि हवाई आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाही सुरु गरेको छ । इजरायली फाइटर जेट्सले शुक्रबार मध्यराति इरानका सैन्य परमणु क्षेत्रलाई दोस्रोपटक निशाना बनाए ।
इजरायली आक्रमणमा परी इरानमा अहिलेसम्म ७८ जना मारिएको र ३५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जवाफमा इरानले १५० ब्यालेस्टिक मिसाइल इजरायलतर्फ प्रहार गरेको छ । जसमा ६ वटा मिसाइल राजधानी तेल अभिवमा खसेका थिए । जसमा परी एक जना महिलाको मृत्यु भएको छ ।
साथै ६३ जना घाइते भएका छन् । इरानी मिडिया रिपोर्ट्स अनुसार इजरायली रक्षा मन्त्रालयलाई पनि निशाना बनाएर प्रहार गरिएको दाबी गरिएको छ ।
इरानका तर्फबाट आक्रमण हुने आशंकाका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सुरक्षित क्षेत्रमा सारिएको बताइएको छ ।
इजरायलले शुक्रबार बिहान साढे ५ बजेतिर परमाणु र अन्य केही सैन्य क्षेत्रलाई निशाना बनाएको थियो । जहाँ ६ परमाणु वैज्ञानिक र २० भन्दा बढी सैन्य अधिकारी मारिएका थिए ।




