लण्डनका लागि उडान भरिरहेको एयर इन्डियाको एक अन्तर्राष्ट्रिय विमान विमानस्थल नजिकै दुर्घटनामा परेको छ। विमानमा चालक दलका सदस्यसहित कुल २४२ जना सवार थिए।
प्रारम्भिक जानकारीअनुसार उडानको केही समयपछि विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास भइरहेको बेला विमान दुर्घटनामा परेको हो।
दुर्घटनास्थलमा अहिले उद्धार तथा राहत कार्य तीव्र गतिमा भइरहेको छ। स्थानीय सुरक्षाकर्मी, उद्धार टोली तथा दमकल विभागको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याउने काम भइरहेको छ।
हालसम्म यात्रुहरूको अवस्था बारेमा स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन। तर, केही यात्रु गम्भीर घाइते भएको प्रारम्भिक अनुमान गरिएको छ।
एयर इन्डियाले दुर्घटनाबारे जानकारी सङ्कलन भइरहेको जनाएको छ। साथै यात्रुका आफन्त तथा परिवारजनले सम्पर्क गर्न सक्ने हेल्पलाइन नम्बर सार्वजनिक गरिएको छ।
यस दुर्घटनापछि विमानस्थल वरपर सुरक्षा सतर्कता बढाइएको छ। दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको जनाइएको छ।
थप विवरण आउन बाँकी छ। अपडेटका लागि प्रतीक्षा गर्नुहोस्।




