“अमेरिकामा नेपाली राजदूत रेग्मीले ट्रम्प समक्ष ओहोदाको प्रमाणपत्र बुझाए”

वाशिङ्टन डिसी — अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

बुधबार ह्वाइट हाउसमा आयोजित विशेष समारोहमा राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। यस अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रपति ट्रम्पलाई सुस्वास्थ्य, दीर्घायुष्य, खुसी र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको नेपाली नियोगले जनाएको छ।

प्रमाणपत्र पेस गरेपछि राजदूत रेग्मीले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे। उनले विगतमा अमेरिकाले नेपालको सामाजिक तथा आर्थिक विकासका प्राथमिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति आभार प्रकट गरे।

सो अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिका आगमनको स्वागत गर्दै नयाँ जिम्मेवारीको सफल कार्यकालको शुभकामना दिएका थिए। उनले नेपाल–अमेरिका सम्बन्ध आपसी चासो र सहकार्यका आधारमा अझ प्रगाढ बनाउन अमेरिकी सरकार प्रतिबद्ध रहेको बताएका थिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः