भारतमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फेरि तीव्ररूपमा फैलिन थालेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर हालसम्म ५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै केरलामा फेला परेका छन्  । केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्ली मा पनि संक्रमितको संख्या उच्च रहेको छ । केरलामा १६७९ जना, गुजरातमा ६१५ जना, पश्चिम बंगालमा ५९६ जना र दिल्लीमा ५९२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना संक्रमणका कारण भारतमा ५५ जनाको मृत्यु भइसकेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नागरिकहरूलाई सतर्क रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

विशेषज्ञहरूले संक्रमण पुनः बढ्न थालेकाले सरकारले परीक्षण, निगरानी र खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः