नारायणी अस्पतालमा देखिएको लापरबाहीप्रति मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गरौं

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलसँग हालै भएको भेटमा नारायणी अस्पतालमा देखिएको गम्भीर लापरबाही र अव्यवस्था बारे गहिरो ध्यानाकर्षण गराइएको छ ।

भेटका क्रममा आईसीयू (ICU) र सीसीयू (CCU) वार्डमा दुई घण्टाभन्दा बढी समय विद्युत् आपूर्ति बन्द हुँदा बिरामीहरू चरम संकटमा परेकाे हालैको घटनालाई प्रतिनिधिहरूले गम्भीर रूपमा उठाएका थिए । सो घटनालाई अस्पताल प्रशासन र मेडिकल सुपरिन्टेन्डेन्टको लापरबाहीको परिणाम बताउँदै तत्काल छानबिन र कारबाहीको माग गरिएको थियो ।

प्रतिनिधिहरूले मधेश प्रदेशकै सबैभन्दा ठूलो अस्पताल नारायणीलाई आवश्यक प्राथमिकता दिनुपर्ने, त्यहाँको सेवा, संरचना र व्यवस्थापनमा सुधार ल्याउन ढिलाइ नगर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

भेटमा थप रूपमा, अस्पतालका केही कर्मचारीहरू बाह्य फार्मेसी सञ्चालन, एम्बुलेन्स सेवा र औषधि खरिदमा कमिशनको चलखेलमा संलग्न भएको आरोपसमेत लगाइएको थियो । यस्ता अनियमितता र भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः