वीरगन्जका दुई स्थानबाट चोरी भएका मोटरसाइकलसहित दुई चोर पक्राउ

वीरगन्ज, १९ जेठ —वीरगन्जका दुई छुट्टाछुट्टै स्थानबाट चोरी भएका मोटरसाइकलसहित त्यसमा संलग्न दुई जना चोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–४ का २१ वर्षीय राधेश्याम यादव र बाराको बारागढी गाउँपालिका–१ का २५ वर्षीय रूपेश चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, पहिलो घटना वैशाख २३ गते वीरगन्ज महानगरपालिका–१३, मुर्लीको नयाँ टोलमा भएको थियो। स्थानीय सारजा खातुनको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०२७ प ५५५५ नम्बरको मोटरसाइकल उनीहरूको घरअगाडि पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो। खोजतलासका क्रममा जेठ १६ गते सर्लाहीबाट राधेश्याम यादवलाई उक्त मोटरसाइकलसहित पक्राउ गरिएको हो।

दोस्रो घटना जेठ १७ गते वीरगन्ज महानगरपालिका–४, अमरचोकमा घटेको हो। प्रमोद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको कालो–रातो रंगको पल्सर मोटरसाइकल घरअगाडि पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो। उक्त मोटरसाइकलसहित बारागढी–१ का रूपेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले दुबै घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः