सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि विचार गर्नुस् है !

स्वाभावैले मान्छेहरू तारिफ सुन्न रुचाउने हुन्छन् । राम्रो घर, राम्रो गाडी भन्दिए हुन्थ्यो भन्ने लाग्छ । आफ्ना उपलब्धिमा अरूले पनि खुसी मनाइदिए हुन्थ्यो भन्ने चाहना हुन्छ ।

यहाँ जाँदै छु, यहाँ आउँदै छु, घरमा एक्लै बोर भएर बसेको छु, नयाँ लाइसेन्स पाएँ भन्दै हामी धेरै कुरा सामाजिक सञ्जालमा हाल्छौँ । आपराधिक मनोवृत्ति भएका मानिससम्म यी विवरण पुगेमा हामी सजिलै साइबर आक्रमणको सिकार बन्न सक्छौँ ।

त्यसकारण सकेसम्म पोस्ट नगर्नु राम्रो वा अफिसियल कुरा मात्रै पोस्ट गर्नु उचित हुन्छ । कहीँ जाँदै छौँ भने जानुअघि होइन, गइसकेर फर्किएपछि पोस्ट गरौँ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीजस्ता जुन चिजले तपाईंलाई यही मान्छे हो भनेर चिनाउँछ, त्यस्ता विवरण सोसल मिडियामा बिलकुलै पोस्ट गर्नु हुँदैन ।

सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा वा आफ्ना व्यक्तिगत कुरा सेयर गर्दा साइबर आक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले यस्ता कुरामा बेलैमा सचेत हुनुपर्छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः