प्रदेशस्तरमा मुटु र क्यान्सरको उपचार सेवा विस्तार

सरकारले मुटु र क्यान्सर रोगको उपचार सेवा प्रदेश स्तरसम्म विस्तार गरिने  जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट प्रस्तुत गर्दै ७ वटै प्रदेशमा मुटु र क्यान्सर रोगको उपचार विस्तार गरिने घोषणा गरेका हुन् ।

‘उच्च रक्तचाप, मुटु, मृगौला, कलेजो, क्यान्सरलगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहित विशिष्ट सेवा विस्तार गरिनेछ,’ उनले भने ।

प्रत्येक वर्ष फागुन महिनामा नसर्ने रोगको स्क्रिनिङ गर्ने व्यवस्था मिलाइने, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध गराइने औषधिको आपूर्ति सहज बनाउने उनले बताए । वितरण गरिएका औषधिको अभिलेख राख्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ । निःशुल्क औषधिका लागि दुई अर्ब ६ करोड विनियोजन गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः