मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

  • नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो।
  • दुर्घटनामा नवीन कुमाल र रादिम मिधुनको उपचारका क्रममा मृत्यु भयो भने मनिष घर्तीमगर गम्भीर घाइते छन्।
  • मोटरसाइकल चोरमारा आउँदै गर्दा दुर्घटना भएको हो ।

१३ जेठ, बुटवल । नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा टायल-मार्बल सम्बन्धी मिस्त्री काम गर्ने २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः