सान डिएगो दुर्घटना: आवासीय क्षेत्रमा खसेको विमानले दर्जनौं घरमा क्षति

spot_img

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको आवासीय क्षेत्रमा सानो विमान दुर्घटना हुँदा कम्तीमा आठ जना घाइते भएका छन्। १५ वटा भन्दा बढी घर तथा गाडीमा क्षति पुगेको छ।

स्थानीय समयअनुसार बिहीबार बिहान पौने ४ बजे दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेको यकिन संख्या पुष्टि भइसकेको छैन, यद्यपि उद्धार कार्य जारी छ।

दुर्घटनामा प्रख्यात संगीतकर्मी डेभ शापिरो पनि सवार रहेको पुष्टि भएको छ। उनको कम्पनीका अनुसार शापिरो ‘Sum 41’, ‘Story of the Year’, र ‘Pierce the Veil’ जस्ता चर्चित ब्यान्डहरूसँग आवद्ध थिए।

सान डिएगो दमकल सेवाका सहायक प्रमुख ड्यान एडीका अनुसार दुर्घटनाग्रस्त विमान ८ देखि १० जनासम्म अटाउने सानो विमान हो। अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः