बंगलादेश : सरकार र सेनाबीच टकरावका कारण राजीनामा दिने तयारीमा डा. मोहम्मद युनुस

एजेन्सी : राजनीतिक दलहरूबीच सहमतिको अभावमा काम गर्न गाह्रो हुँदै गएपछि बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले राजीनामा दिने तयारी गरेका छन्।

युनुसले विद्यार्थी नेतृत्वको राष्ट्रिय नागरिक पार्टी (एनसीपी)का प्रमुख एनहिद इस्लामलाई बिहीबार राति अबेर यसो भनिएको बीबीसीले जनाएको छ।

इस्लामले बीबीसीलाई भने, ‘हामी आज बिहानदेखि सर (युनुस)को राजीनामाको खबर सुनिरहेका छौँ। त्यसैले म यस विषयमा छलफल गर्न उहाँलाई भेट्न गएँ। उनले यसबारे सोचिरहेको बताए।’

युनुसले राजनीतिक दलहरू सहमतिमा नपुगेसम्म काम गर्न नसक्ने आशंका व्यक्त गरेका छन्।

बंगलादेशमा, विगत दुई दिनदेखि अन्तरिम सरकार र सेनाबीचको द्वन्द्व खुलेआम बाहिर आएको छ। सेना प्रमुख जनरल वकार-उज-जामाले बिहीबार सेना मुख्यालयमा आफ्ना अधिकारीहरूलाई सम्बोधन गर्दै यस वर्षको डिसेम्बरभन्दा बाहिर आम चुनाव स्थगित गर्नु हुँदैन भन्ने कुरा स्पष्ट पारे।

सेना प्रमुखले युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई संवेदनशील राष्ट्रिय मुद्दाहरूमा निर्णय लिने कुनै नैतिक वा संवैधानिक अधिकार नभएको भन्दै चेतावनी दिएका थिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः