एमाले धनुषामा रघुवीर महासेठनिकट यादवको प्यानलै विजयी

नेकपा एमाले धनुषाको ८औँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा एमाले केन्द्रीय सचिव रघुवीर माहासेठनिकट भोला यादव नेतृत्वको प्यानलै विजयी भएको छ ।

७ जेठमा भएको मतदानमा अध्यक्षमा यादवको प्यानलसँग एमाले केन्द्रीय सदस्य उमाशंकर अरगडियानिकट लक्ष्मीनारायण यादव प्यानलै बनाएर मैदानमा उत्रिएका थिए । भोला यादवले ४०२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा लक्ष्मीनारायणले २०० मत पाए ।

उपाध्यक्ष पदमा तेजनारायण यादव निर्वाचित हुँदा सचिवमा दीपनारायण ठाकुर र उपसचिवमा सबिन विक्रम थापा विजयी भए । महिला उपसचिवतर्फ रुका कुमारी मिश्र निर्वाचति हुँदा लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण विजयी भए ।

यसअघि २२ जेठमा मतदानको मिति तोकिए पनि दुई पक्षबीच कुटाकुट हुँदा त्यसबेला चुनाव रोकिएको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः