अभिनेत्री निकिता दत्ता र उनकी आमा कोरोना संक्रमित

spot_img

मुम्बई — चर्चित बलिउड चलचित्र कबीर सिंह र ज्वेल थीफ मा आफ्नो भूमिकाका लागि परिचित अभिनेत्री निकिता दत्ता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएकी छिन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना फलोअर्सलाई स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आफू मात्र नभई आमा समेत संक्रमित भएको खुलासा गरेकी हुन्।

निकिताले लेखेकी छन्, “केही दिनदेखि शरीरमा असहजता महसुस भइरहेको थियो। परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ आएको छ। अहिले म आइसोलेशनमा छु र चिकित्सकको सल्लाहअनुसार उपचारमा छु।”

उनले सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन र स्वास्थ्य परीक्षण गराउन अनुरोध समेत गरेकी छन्।

उनको यो जानकारीपछि उनका फ्यानहरूले सामाजिक सञ्जालमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रतिक्रियाहरू जनाइरहेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः