हेटौंडा, मकवानपुर – हेटौंडा उपमहानगरपालिका–८ स्थित देवान बाबुको घरमा बुधबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा वीरगन्जकी १३ वर्षीया असिया खातुन र भारत मोतिहारीकी २५ वर्षीया अफ्रिदा खातुन रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार मासु पकाउने क्रममा तेल सम्झी कराईमा डिजेल हालिएपछि आगो सल्किएको हो।
आगलागीबाट असिया खातुनको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेको छ। दुवै घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
घटनापछि स्थानीयको सहयोगमा आगो केहीबेरमै नियन्त्रणमा लिइएको तथा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ।




