एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा वीरगञ्जका सुजित यादवको सहभागिता

spot_img

वीरगञ्ज, पर्सा ।
भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ गतेसम्म आयोजना हुने युडब्लुडब्लु (UWW) एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिप २०२५ मा वीरगञ्जका सुजित यादवले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

वीरगञ्ज महानगरपालिका–१७ निवासी यादवले ७० केजी तौलसमूहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै छन्। लामो समयदेखि कुस्ती खेलमा सक्रिय रहेका सुजित यादव नेपालका उदाउँदा र सफल युवा खेलाडीमध्ये एक मानिन्छन्।

अन्तर्राष्ट्रियस्तरको यस प्रतिष्ठित प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने अवसर पाएका यादवले देशको नाम विश्वमञ्चमा उच्च बनाउने विश्वास गरिएको छ। प्रतियोगितामा एशियाका विभिन्न देशका शीर्षस्तरीय खेलाडीहरूको सहभागिता रहने जनाइएको छ।

सुजितको छनोटले वीरगञ्जको खेलकुद क्षेत्रमा उत्साह थपेको छ। स्थानीय खेलप्रेमी, शुभेच्छुक तथा समुदायका प्रतिनिधिहरूले उनलाई सफलताको शुभकामना दिँदै गर्व व्यक्त गरेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः