युद्धविरामपछि पनि रोकिएन भारत-पाकिस्तान तनाव, एकअर्काविरुद्ध उठाए यी कदम

पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान एक अर्काविरुद्ध हवाई आक्रमणमा उत्रिए । भारतले पहलगामको बदला लिन आक्रमण गरेको बतायो भने पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिएको दावी गर्‍यो ।

दक्षिण एसियाका परमाणु शक्तिसम्पन्न यी दुई देश आमनेसामने हुँदा विश्वको ध्यान यतातिर तानीयो । अनि एक अर्काविरुद्ध सैन्य अपरेशन नै घोषणा गरेका यी दुई देश युद्धविरामका लागि तयार भए । त्यसको पहिलो जानकारी भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे ।

तर, युद्धविरामपछि पनि यी दुई देशबीचको तनाव कम हुँदै गएको भने देखिएको छैन । चीर प्रतिद्वन्द्वी यी दुई देशले अझै पनि एकअर्काविरुद्ध कदम उठाइरहेका छन् ।

मंगलबार पाकिस्तानले जवाफी कदम उठाउँदै इस्लामावादमा रहेको भारतीय उच्चायोगको कार्यालयका एक कर्मचारीलाई पर्सना नन ग्राटा अर्थात् अवाञ्छित व्यक्ति घोषित गर्‍यो ।

यसअघि भारतले दिल्लीमा रहेका पाकिस्तानी उच्चायोगमा रहेको एक कर्मचारीलाई यस्तो घोषणा गरेको थियो । पाकिस्तानले त्यसको जवाफ दिएको हो ।

भारतको विदेश मन्त्रालयले जारी गरेको एक बयानमा ती पाकिस्तानी अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न भनिएको छ । पाकिस्तानले पनि जवाफी कदम उठाउँदै भारतीय कर्मचारीलाई २४ घण्टाभित्र देश छाड्न भनेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः