लाइभ कार्यक्रममा तमिल सुपरस्टार बेहोस, हलचल मच्चियो

चेन्नई । तमिल सुपरस्टार विशाल कृष्ण रेड्डी हालै एक कार्यक्रममा सहभागी हुँदा अचानक स्टेजमै बेहोस भएका छन् । अभिनेतालाई तुरुन्तै स्टेजबाट तल झारेर नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। हाल अभिनेताको अवस्था स्थिर रहेको बताइएको छ।

अभिनेता विशाल ट्रान्सजेन्डर समुदायका लागि आयोजना गरिएको ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता मिस कुवागम २०२५ को लागि विल्लुपुरम नजिकैको कुवागम गाउँ पुगेका थिए। उनी कार्यक्रमको प्रमुख अतिथि थिए भने  पूर्वमन्त्री के. पोनमुडी पनि उपस्थित थिए ।

कार्यक्रम चलिरहेको बेला विशाल अचानक बेहोस भए। उनलाई उनको टोलीले स्टेजमै प्रारम्भिक उपचार गराएको थियो। अभिनेता होसमा आएपछि, उनलाई नजिकैको अस्पताल लगियो।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः