सीमा तनाव चुलिँदै, भारत–पाकिस्तान सीमावर्ती बासिन्दाहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण

जम्मु कश्मीर, भारत — भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण सीमावर्ती क्षेत्रका बासिन्दाहरूमा भय सिर्जना भएको छ। चेनाब नदी किनारको सेन्थ गाउँका करिब १,५०० बासिन्दाहरूले आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि गाउँ छाडेर सुरक्षित स्थानतर्फ सरेका छन्।

गाउँ प्रमुख सुखदेव कुमारका अनुसार प्रतिकूल परिस्थितिका कारण दीर्घकालीन योजना बनाउन नसकिने अवस्था रहेको छ। “हामी आधारभूत घर त बनाउँछौं, तर त्योभन्दा बढी लगानी गर्न डर लाग्छ,” उनले भने। अधिकांश परिवारहरू हाल अस्थायी शिविरमा बसिरहेका छन्, भने एक तिहाइ मात्रै गाउँमै रहेको जानकारी दिइएको छ।

भारतले पाकिस्तानलाई कश्मीरमा सर्वसाधारणमाथिको आक्रमणको समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ। अप्रिल २२ मा पहलगाममा भएको आक्रमणपछि भारतले तीन जना शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ, जसलाई संयुक्त राष्ट्रसंघले आतङ्कवादी घोषणा गरिसकेको छ। इस्लामाबादले भने भारतको आरोप अस्वीकार गरेको छ।

भारतीय सेनाले शनिबार कश्मीर सीमामा पाकिस्तानी सेनासँग गोली हानाहान भएको पुष्टि गरेको छ। सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर विवादित क्षेत्रको रुपमा रहँदै आएको छ।

सीमा क्षेत्रमा बारम्बार तनावका कारण बालबालिकासमेत डरको वातावरणमा बाँचिरहेका छन्। सन् १९९९ मा भएको कारगिल युद्धको समयमा यो क्षेत्र अत्यधिक प्रभावित भएको थियो।

अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेको छ। संयुक्त राज्य अमेरिका, चीन र युरोपेली सङ्घले वार्तामार्फत समस्याको समाधान गर्न दबाब बढाएका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः