९ महिनामा पर्साका सरकारी कार्यालयहरूको पुँजीगत खर्च २८ प्रतिशत मात्र

वीरगञ्ज । पर्साका सरकारी कार्यालयहरूको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा पर्साका सरकारी कार्यालयहरूका लागि दुई अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए ।

“चालु आर्थिक वर्ष सकिन अब तीन महिनाभन्दा कम समय छ”, उनले भने, “सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।” उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे ।

पर्साका सरकारी कार्यालयका लागि चालु आर्थिक वर्षमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशत अर्थात् ६ अर्ब ८९ करोड खर्च भएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः