देशभर बढ्न थाल्यो गर्मी, मौसमविदले दिए तातो हावा चल्नसक्ने चेतावनी

spot_img

१० वैशाख, । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ ।

मौसमविद रोजन लामिछानेले भने, ‘आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने देखिन्छ ।’

मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो ।

यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो ।

गत २४ घण्टामा कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बढी गर्मी हुने तराई मधेश लगायतका अन्य भूभागमा वर्षा भएको रेकर्ड छैन । आगामी दिन केही दिन पनि पानी पर्ने सम्भावना नरहेकाले गर्मी झनै बढ्ने पूर्वानुमान मौसमविदको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः