पोखरिया–५ सतवतियामा सम्पन्न T-20 नकआउट क्रिकेट प्रतियोगिता, समाजसेवी अब्दुल फरमानद्वारा उद्घाटन र फाइनल खेलपछि पुरस्कार वितरण

बैशाख ६, वीरगञ्ज  | पोखरिया नगरपालिका वडा नं ५ अन्तर्गत सतवतियामा सम्पन्न T-20 नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ। आजको रोमाञ्चक फाइनल खेल सिवर्वा र सतवतिया टिमबीच भएको थियो, जहाँ सिवर्वा टिमले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेटको शानदार जीत हात पार्‍यो र प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ।

प्रतियोगिता उद्घाटन समाजसेवी अब्दुल फरमानद्वारा गरिएको थियो भने विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण पनि उहाँकै प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

त्यस्तै फाइनल खेलमा सतवतिया टिमले पहिलो ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो, तर सिवर्वा टिमले धैर्य र आक्रामकतापूर्वक खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य पार गर्न सफल भयो। उनीहरूको जीतले दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो।

विजेता सिवर्वा टिमलाई आयोजक समितिको तर्फबाट गोल्ड मेडल, ट्रफी, रु. २००० नगद, साथै क्रिकेट खेलका आवश्यक सामग्रीहरू — ब्याट, बल, विकेट र ग्लभ्स प्रदान गरिएको थियो। यसले खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

उपविजेता सतवतिया टिमलाई पनि ट्रफी र नगद रु. १५०० को साथमा प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको समापन समारोहमा बोल्दै समाजसेवी अब्दुल फरमानले भने खेलकुद मात्र मनोरञ्जन होइन, यो अनुशासन, समर्पण र नेतृत्वको पाठ सिकाउने माध्यम हो। यस्ता प्रतियोगिताहरूले युवाहरूलाई नशा, अपराध तथा बेरोजगारीबाट बचाउँदै सकारात्मक दिशातर्फ अग्रसर गराउँछन्।” युवाहरूको प्रतिभा यस्ता प्रतियोगितामार्फत उजागर हुन्छ। म भविष्यमा अझ ठूलो स्तरमा यस्ता प्रतियोगिता आयोजना गर्न प्रतिबद्ध छु।”

स्थानीय खेलप्रेमी, समाजसेवी, जनप्रतिनिधि तथा युवा समुदायको उल्लेखनीय उपस्थितिले प्रतियोगिता सफल बनाएको आयोजकले जनाएको छ। आयोजक टिमले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिँदै भविष्यमा अझ व्यवस्थित र विस्तारित प्रतियोगिता गर्ने घोषणा पनि गरेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः