न्युजिल्यान्डविरुद्धको अन्तिम खेलमा पाकिस्तानी ओपनर इमाम घाइते, उठ्न नसकेपछि एम्बुलेन्स बोलाएर लगियो

न्युजिल्यान्ड र पाकिस्तानबीचको एक दिवसीय श्रृंखलामा शनिबार तेस्रो तथा अन्तिम खेल जारी छ । खेलमा पाकिस्तानका आक्रामक ब्याटर इमाम उल हक रिटायर हर्ट हुँदै बाहिरिएका छन् ।

एक डाइरेक्ट थ्रोमा टाउकोमा बल लागेपछि उनी गम्भीर घाइते बनेका छन् । बीच मैदानमा पीडाले छट्पटाइरहेका उनलाई तत्काल चिकित्सकले एम्बुलेन्समा राखेर बाहिर ल्याए ।

हिँड्नसम्म नसक्ने भएपछि एम्बुलेन्स क्रिजमै लगिएको थियो । २६५ रन पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि अब्दुल्ला शफीक र इमाम उल हक ओपनिङमा आएका थिए ।

तेस्रो ओभरको तेस्रो बलमा एक रन लिनका लागि इमाम दौडिएका थिए । तर सोही बेला चोट लागेको हो । एक थ्रो सिधै इमामको हेलमेटमा आएर लाग्यो र उनी मैदानमै ढले ।

बल उनको हेलमेटमै फसेको थियो । अत्यधिक पीडाले ढलेका उनी उठ्न पनि सकेनन् । तत्कालै स्वास्थ्यकर्मीले एम्बुलेन्स लिएर आए, र उनलाई मैदानबाट उपचारका लागि बाहिर ल्याए ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः