
वीरगञ्ज, २०८१ चैत २० – लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले वीरगञ्जमा विशेष चेकजाँच सञ्चालन गर्दै २२० ग्राम खैरो हिरोइनसहित एक गाडी र चार जनालाई पक्राउ गरेको छ।
पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजत जयन्ती चोकमा नियमित जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR06DE0007 नम्बरको स्कार्पियो गाडी रोकी जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र लुकाइ राखिएको लागू औषध फेला परेको हो।
पक्राउ परेका व्यक्तिहरू:
१) कृष्णा कुमार (३७ वर्ष) – भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल वडा नं. १४
2) सुधिर कुमार (३८ वर्ष) – भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल वडा नं. १३
3) अमित कुमार (४८ वर्ष) – भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल वडा नं. १३
4) राजा कुमार (२७ वर्ष, गाडी चालक) – भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल ग्राम सिसवा वडा नं. १
बरामद सामग्री:
-
लागू औषध (खैरो हिरोइन जस्तो देखिने पदार्थ) – २२० ग्राम
प्रहरीका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध लागू औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखिएको छ। प्रहरीले सीमा क्षेत्रमा लागू औषध तस्करी रोक्न कडाइ गर्दै आएको बताएको छ।




