लागूऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको विभिन्न पोस्टबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

बुधबार अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिगएको प्रहरी टोलीले  धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित करन सिंह कुमालले सञ्चालन गरेको चन्द्रदीप बोग्टान होटलमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने वर्ष १७ को भुवन आउजी र वर्ष १८ को डम्बर आउजीलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम २४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) पक्राउ गरिएको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका ६ जंगल  रिसोर्ट नजिक वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय  धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप(महानगरपालिका ६  जंगल रिसोर्ट  बस्ने वर्ष २६ का आशाराम चौधरी र वर्ष २९ को दिल बहादुर चौधरीलाई शंका  लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम २२० मिलिग्राम लागु औषध (खैरो हिरोइन)सहित पक्राउ गरिएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः