
राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले हतकडीसहित म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रजिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको छ ।
गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । ।
राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ । त्यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ ।




