‘सिकन्दर’ पछि कुन-कुन फिल्ममा काम गर्दैछन् सलमान ?

सलमान खानको आगामी फिल्म ‘सिकन्दर’प्रदर्शन नजिक छ ।‘सिकन्दर’पछि सलमानको विभिन्न फिल्मका लागि कुरा भइरहेको छ ।

केही समयअघि ‘किक-२’ को विषयमा पनि चर्चा चलेको थियो ।

त्यस्तै, चर्चित साउथ निर्देशक एटलीसँग सहकार्य हुने योजना पनि भइरहेको थियो । तर त्यो योजना पनि सफल भएन । सलमान अर्को साउथ निर्देशक राजकुमार पेरियासामीसँग सहकार्य गर्ने तयारीमा रहेको पनि चर्चा छ ।

बलिउड सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार सलमानले पछिल्लो केही हप्तामा तमिल निर्देशक राजकुमार पेरियासामीसँग पटक-पटक बैठक गरेका छन् ।

राजकुमारले सलमानलाई फिल्मको प्लट सुनाइसकेका छन् । उसो त ‘सिकन्दर’पछि सलमान दुई ठूला फिल्ममा काम गर्ने तयारी गरिरहेको पनि बताइन्छ । पहिलो ‘किक-२’, जसको आधिकारिक घोषणा भइसकेको छ । अर्को, संजय दत्तसँगको एक एक्सन फिल्म ।

राजकुमार भने तमिल फिल्म निर्देशक हुन् । उनले सन् २०१७ मा ‘रंगून’ फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका थिए । २०२४ मा उनले ‘अमरन’ फिल्म लेखेका र निर्देशन गरेका थिए ।

जसले विश्वभर ३३३ करोड भारुको कारोबार गरेको थियो ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः