
सिराहा_जिल्ला_तेक्वान्दो #कार्यसमितिको तेस्रो वार्षिक साधारणसभा धनगढीमाई न.पा वडा ९ मा अबस्थित निर्मल लामा स्मृति कर्बडहलमा भब्य र सभ्यको साथमा समापन भएको छ।उक्त अबसरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिती जिल्लाको नाम उच्च पार्न सफल भएकी #सलिाना_यादब ज्यु र उत्कृष्ट प्रशिक्षक रुपमा #संगम_लामा ज्यु द्वयलाई सम्मान गरिएको छ। सिराहा जिल्ला भरि सञ्चालनमा रहेका डोजाङ्ग प्रमुख ज्युहरुलाई मायाको चिनो गरिएको छ।साथै गोलबजार नगर तेक्वान्दो बिकास समिति र धनगढीमाई नगर तेक्वान्दो बिकास समितिका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरियो ।
नेपाल राष्ट्रिय खेलकुद परिषदको सेवामा रहनुभएका प्रशिक्षक अादर्णिय गुरु #एक_कुमार_मगर र #बिन्दाञ्चल #चौहान गुरुहरुलाई सम्मान साथ मायाको चिनो प्रदान गरियो भने तेक्वान्दो खेलको बिकासको लागि सिराहा जिल्ला तेक्वान्दो कार्यसमितिले खेलाडीहरुको भावी कार्य-योजना सर्वसहमतबाट पारित गरियो ।




