बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार

काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् ।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।

सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ । फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरी रेग्मी बताउँन् । ‘शौचालय जाने निहुँ बनाएर भागेको देखिएको छ ।

१९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् ।

विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीको भनाइ छ । आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः