अमृतका तीन गजल

spot_img

सायद बल्ल आफ्नो औकात बुझेर गयो
ऊ कपास थ्यो, उडिहिँड्थ्यो झरेर गयो

खानाको आशाले सभामा पुगे भोकाहरू
सरकार भने ठूलाठूला योजना भनेर गयो

आजपनि फेरि एउटा आवाराले मसँग
तिम्रो घरसम्म जाने बाटो सोधेर गयो

यतिसम्म बिरक्त भएछ एक बेरोजगार
दरवारतिर हेर्यो र भुँइमा थुकेर गयो

सलाई जस्तै भइदियो यार तिम्रो माया
म मैन थिएँ, मेरो जिन्दगी बलेर गयो

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः