मान्छेको स्वर
●
स्वर त ढुङ्गाको पनि हुन्छ
कोइलीजस्तै
लोभलाग्दो
मलाई मान्छेको स्वर नै किन मीठो लाग्छ)?
मुर्दाघारीमा एक दिन पाषाणमाथि
मैले आँखाह।मा सलाम गरेँ
कसले बसालेछ बस्ती पनि मुटु छेड्ने
पाषाणभित्र अप्सरा देखेँ
स्वर त ढु्गाको पनि हुन्छ
कोइलीजस्तै
लोभलाग्दो
मलाई मान्छेको स्वर नै किन मीठो लाग्छ)?
आफूलाई गुफामा खाँदेर छोड एक पटक
तिमी के छौ)?
चुपचाप शून्य) !
छोएर जाने स्पर्शलाई सोध) !
तिमी कति अग्ला छौ ?
स्वर कस्तो छ)?
स्वर त ढुङ्गाको पनि हुन्छ
कोइलीजस्तै
लोभलाग्दो
मलाई मान्छेको स्वर नै किन मीठो लाग्छ)?
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




