नीति नमाने फेसबुक लाइभमा प्रतिबन्ध लगाइने

spot_img

आफ्नो नीति विपरीत हिंसा र आतङ्कवादसँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ सर्तहरू अघि सारेको छ । आफ्ना सबैभन्दा गम्भीर नीतिहरूको उल्लङ्घन गर्ने व्यक्तिलाई तत्काल फेसबुक लाइभ सुविधा प्रयोग गर्नबाट निश्चित समयका लागि रोक लगाइने फेसबुकले जनाएको हो ।

न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो।

इन्टरनेटमा उग्रवादलाई प्रोत्साहन दिने खाले सामग्रीसम्बन्धी समस्याको समाधानको खोजी गर्न प्यारिसमा बुधवार आयोजना हुन लागेको एउटा सम्मेलनअघि त्यस्तो उपाय अगाडि सारिएको हो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः