भारतीय बजारमा उपलब्ध भएसँगै नेपाली बजारसुहाउँदो बाइक मोटरसाइकल बिक्रेताहरूले सकेसम्म छिटो नेपाली बजारमा भित्र्याउने गरेको पाइन्छ । यस्तैमा तीन ब्रान्डका ३ नयाँ मोडलका बाइक नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ ।
केही समयअगाडि भारतीय बजारमा सार्वजनिक भएको यामाहा एमटी-१५, हिरो एक्ट्रीम-२०० एस र सुजुकी जिक्सर-२५० एसएफ नेपाल ल्याउने तयारी भइरहेको छ ।
यी बाइकहरू भदौ १० गतेबाट हुने “नाडा अटो शो”मा बिक्री वितरण गर्ने गरी कम्पनीहरूले तयारी गरिरहेको बुझिएको छ ।
१. यामाहा एमटी-१५
केही समयअगाडि भारतीय बजारमा सार्वजनिक भएको एमटी-१५ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी एमएडब्ल्यु इन्टरप्राइजेजले थालेको छ । कम्पनीले “अटो शो” लक्षित गरेर केही समयअगाडि नै यो बाइक नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
“यामाहा एमटी १५” मा रहेको १५५ सीसी लिक्वीड कुल्ड सिगंल सिलिन्डर इन्जिनले १९ बीएचपी तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा आर-१५ भी ३ कै भिभिए टेक्नोलोजी प्रयोग गरिएको छ । सिगंल च्यानल एबिएस सुविधासहित नेपाल आउने यो बाइकमा सिक्स स्पीडको गियर बक्स, स्लिपर कल्च, फुल डिजिटल कन्सोल, फुल एलइडी लाइटजस्ता फिचर रहेका छन् ।
नेपाली बजारमा समेत यो बाइक प्रतिक्षित मोडलको रूपमा रहेको छ । यसको बजारमा ४ लाख २५ हजार मूल्य पर्ने अनुमान गरिएको छ ।
२. सुजुकी जिक्सर-२५० एसएफ
सुजुकी टू ह्वीलरको नेपालको लागी आधिकारिक बिक्रेता भीजी अटोमोबाइलले नाडा अटो शो लक्षित गरेर हालै भारतीय बजारमा सार्वजनिक भएको सुजुकी जिक्सर-२५० एसएफ नेपाली बजारमा भित्र्याउने बताएको छ ।
सुजुकी एसएफ २५० विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर-२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आउने नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड-२५० सीसी इन्जिनले २० बीएचपी पावरकासाथै २० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ ।
कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । यो बाइकको नेपाली बजारमा मूल्य ४ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान लगाउन सकिन्छ ।




