अस्ट्रेलियाको कार दुर्घटनामा मृत्यु हुने दुवै विद्यार्थी स्याङ्जाका, शव नेपाल पठाउने तयारी

अस्ट्रेलियाको सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको एक समूह स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पाँच जना सवार गाडी दुर्घटना हुँदा अगाडि सिटमा बसेकी स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको हो।

सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूको एक टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो। पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए।

शव फोरेन्सिक जाँचका लागि हस्पिटलमै रहेको र जाँच सकिएलगत्तै आगामी शुक्रबार या शनिबार नेपाल पठाउने तयारी गरिरहेको बताइन्।

कार्यवाहक राजदूत सापकोटाले विद्यार्थीहरूको दुर्घटना बढ्दै जाँदा घर परिवार र सम्बन्धित निकायमा पर्न गएको पीडालाई मध्यनजर गरेर अन्य विद्यार्थीहरू सचेत भइदिन र लापरबाही नगर्न समेत अनुरोध गरिन्।

‘हामीले बीमा कम्पनीसँग कुराकानी गरेका छौं, सम्भवत त्यसैबाट खर्च गरिने छ’, उनले भनिन्। 

समिक्षा सुवेदी सिड्नीको क्वीन्सफोर्ड कलेजमा अध्ययनरत थिइन् भने भण्डारी एटीआइटीमा पढेका दूतावासले जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः