काञ्जीरोवाः जहाँ ध्यान अनिवार्य छ

काञ्जीरोवा माध्यमिक विद्यालय, झट्ट सुन्दा कुनै जापनीज प्रोफेसरले राखेको नामजस्तै सुनिन्छ । तर डोल्पाको अग्लाइ हेर्ने हो भने यस विद्यालयको नाम काञ्जीरोवा हिमालबाट नामाकरण गरिएको हो ।
गेटबाट छिर्ने बित्तिकै अध्ययन र अध्यापनको वातारवण देखिनु यस विद्यालयको विशेषता हो । साथै प्रत्येक कक्षाकोठाको शिरमा कक्षाको नामाकरणले साँच्चै नै हृदय छुन्छ । प्रत्येक कक्षाको ढोकामाथिको त्यो विभाजनमा कक्षाको सेक्सनसँगै नेपालका प्रचलित धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थानहरूको नाम लेखिएको छ । आफू कुन ठाउँमा छु भन्ने कुरालाई मध्यनजर गर्दै विद्यार्थीले त्यस बारेमा खोज गरून् भन्ने कुरालाई नै ध्यानमा राखेर त्यसो गरिएको हो भन्ने तथ्य विद्यालयकी डिरेक्टर सम्झना खरेल बताउँछिन् ।


आउँदो नयाँ भर्नाको तयारीमा रहेको काञ्जीरोवा अब विद्यार्थीका लागि विभिन्न सेवा सुविधाको योजना बनाइरहेको छ । विद्यालयको सीमित समयभन्दा अन्य समयलाई सदुपयोग गर्दै काञ्जीरोवा विद्यालय प्रि–मेडिकल र प्रि–इन्जिनियरिङको कक्षा पनि संचालन गर्छ । जसले विद्यार्थीको भावी भविष्यको सपनालाई सहयोग पुर्याउने कुरा प्रत्यक्ष रूपमा देखिने विद्यालय स्रोत बताउँछ ।
स्थापनाकालबाट नै शत प्रतिशत नतिजा निकाल्न सफल काञ्जीरोवा विद्यालय यो वर्ष पनि राम्रो नतिजा आउने कुरामा विश्वस्त छ । काञ्जीरोवाले विद्यार्थीलाई आवश्यक सुविधाको लागि वर्षेनी अपग्रेड भइरहेको कुरा डिरेक्टर सम्झना खरेलले बताएकी छिन् ।
विशेष त किशोर अवस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीलाई लक्षित गरेर पोहोर सालबाट काञ्जीरोवा माध्यमिक विद्यालयमा ध्यान योगाको कोर्ष पनि भइरहेको छ । यो ज्यादै नौलो कुरा हो । विद्यालयले मोटिभेसनल सेमिनार त राखेकै हुन्छ तर ध्यान र योगा भने विद्यालयमा त्यति धेरै राखिएको पाइँदैन तर काञ्जीरोवामा यस्ता प्रकारका वर्कसपहरूको आयोजना हुने गर्दछ । यसले विद्यार्थी वर्गमा देखिएका मानसिक समस्या एवं अध्ययन र खानामा हुने असन्तुलनजस्ता समस्याबाट छुटकारा दिँदै विद्यार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेलिरहेको विद्यार्थी प्रशिक्षार्थीहरू बताउँछन् ।


उनै डिरेक्टर सम्झना खरेल भन्छिन् , ‘यो उमेरमा विद्यार्थीलाई गाइड गर्नु अति आवश्यक छ । हर प्रकारले यो उमेर परिवर्तनशील उमेर हो । मानसिक, शारीरिक र बौद्धिक आयाममा परिवर्तन हुने भएकाले यस्ता उमेरका विद्यार्थीलाई विद्यालयले मात्र नभइ परिवार, अभिभावक एवं आफन्तको सुझाव र मार्गदर्शन अपरिहार्य छ । ’
१५ देखि १८ वर्षको उमेरमा परिवारसँगको र साथीभाइसँगको सम्बन्ध कसरी सुदृढ गर्न सकिन्छ र अध्ययनमा फोकस कसरी गर्न सकिन्छ रु आफू कुनै पनि क्षेत्रमा दृढविश्वासको खम्बालाई मजबुद बनाउन के गर्नुपर्छ रु यी र यस्ता प्रश्नको उचित जवाफका लागि योग, ध्यान र साधना आवश्यक भएको र विद्यालयले त्यसलाई मध्यनजर गर्दै समय९समयमा यस्ता वर्कसप आयोजना गरिरहने उनै डिरेक्टर खरेल बताउँछिन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः