
वीरगञ्ज, १ मार्च २०२५ – इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान भोलिदेखि सुरु हुँदैछ।
एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।
रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेन्डर अनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।
निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान पर्वको आरम्भको शुभकामना।




