
राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगरपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन्।
राष्ट्रपति पौडेलले धार्मिक एवं सांस्कृतिक कार्यक्रमको महत्त्वलाई उच्च महत्त्व दिंदै श्रीमद्भागवत महायज्ञको समापनमा सहभागी हुने उद्देश्यले सराङकोट यात्रा गरेका हुन्। यस अवसरमा उनले धार्मिक कार्यक्रमको महत्व र समाजमा शान्ति र सद्भावको सन्देश दिएका छन्।
उक्त धार्मिक उत्सवमा स्थानीय एवं अन्य श्रद्धालुहरूको ठूलो उपस्थिती रहेको छ। महायज्ञका क्रममा विविध धार्मिक क्रियाकलापहरू र भजनकीर्तन पनि भइरहेको छ।




